काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार उच्च अंकले घटेको छ। नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८.९० को विन्दुमा बन्द भएको छ ।
आज ३१९ कम्पनीको शेयर किनबेच हुँदा १३ अर्ब ७ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज १६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दुई पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ। नेपाल पुनर्बीमाको ७५ करोड ३९ लाख रुपैयाँको हुँदा दोस्रो धेरै हिमालयन रिइन्स्योरेन्सको ७१ करोड ५५ लाख रुपैयाँको भएको छ।
त्यसैगरी, ट्रेड टावर र शिव श्री हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज याे कम्पनीको करिब १० प्रतिशतको बढोत्तरीका साथै सकारात्मक सर्किट लागेको हो। आज सान्भी इनर्जी र समता घरेलु लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। यी दुवै कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले घटेको छ।







