सरकारविरुद्ध शरद ओझाले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट निलम्बित शरद ओझाले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायरको मुद्दा आज ‘हेर्न नभ्याइने’मा परेकाे छ ।

सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको रिट सुनुवाइ नभएर ‘हेर्न नभ्याइने’मा राखिएको हो ।

यो मुद्दा गत साउन १२ गते ‘हेर्न नभ्याइने’मा र साउन १४ गते ‘हेर्न नमिल्ने’मा राखिएको थियो।

नेपाल सरकारले आचरण, कार्य क्षमता र पदीय जिम्मेवारीका सम्बन्धमा प्रश्न उठाउँदै छानबिन समिति गठन गरेपछि ओझा बीमा प्राधिकरणको अध्यक्ष पदबाट निलम्बनमा परेका थिए।

ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, अर्थ मन्त्रालय र छानबिन समितिविरुद्ध संयुक्त रिट दायर गरेका छन् । उनले छानबिन समितिका अध्यक्ष कृष्ण गिरी र सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई समेत विपक्षी बनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *