हाल कम्पनीको चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ रहेको छ । हकप्रद निश्कासनपछि चुक्तापूँजी बढेर साढे ५२ करोड माथि पुग्नेछ । यसको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

साताको कारोबारको अन्तिम दिन बिहीवार नारायणी डेभलपमेन्ट बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ६६० रुपैयाँ कायम भएको छ।