काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२.६३ को विन्दुमा बन्द भएको छ ।
आज ३१८ कम्पनीको शेयर किनबेच हुँदा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३३ करोड माथिको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ७५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डभेलपमेन्ट बैंकका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।





