पैँतिस अर्ब वैदेशिक ऋण लिने मन्त्रिपरिषद्को निर्णय

साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले रानी जमरा कुलरिया सिंचाइ आयोजनाको तेस्रो चरणको लागि १३ करोड ७० लाख अमेरिकी डलर (करिब १८ अर्ब ९२ करोड रुपैयाँ) बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको हो। उक्त रकम विश्व बैंकबाट प्राप्त हुनेछ।

त्यसैगरी, विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरणका लागि पनि सरकारले विश्व बैंककै अन्तर्राष्ट्रिय विकास संस्थाबाट थप १२ करोड अमेरिकी डलर (करिब १६ अर्ब ७४ करोड रुपैयाँ) बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

यसमा ८ करोड ६७ लाख अमेरिकी डलर छोटो समयको ऋण र ३ करोड ३३ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण समावेश छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *