नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक सदस्यमा महेश बराल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक सदस्यमा महेश बराल नियुक्त भएका छन् । अर्थ मन्त्रालयको साउन १२ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले अर्थ मन्त्रालयका सहसचिव महेश बराललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

अर्थमन्त्री विष्णु पौडेलले साउन १२ गते गरेको निर्णय अनुसार बरालले मंगलबार कम्पनीको सञ्चालकका रुपमा बहाली गरिसकेका छन् । बराल नेपाल धितोपत्र बोर्डको पनि सञ्चालक छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *