शेयर बजारमा सामान्य गिरावट, १९ अर्ब ३६ करोडमाथि कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार घटेको छ । नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को विन्दुमा बन्द भएको छ ।

आज ३२१ कम्पनीको शेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ । आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको ९२ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७६ करोड ९९लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५७ करोड ९७लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । सान्भी इनर्जीका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले कमाएका छन् । ट्रेड टावरका लगानीकर्ताले ९.५३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.४९ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *