अब १० कित्ताभन्दा कम सेयर कारोबार गर्न सहज हुने, नेप्सेले सुरु गर्‍यो नयाँ सुविधा

काठमाडौं । अब १० कित्ताभन्दा कम सेयर (अड लट) कारोबार गर्न लगानीकर्तालाई सहज हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अड लट सेयर कारोबारलाई थप पारदर्शी र पहुँचयोग्य बनाउने उद्देश्यसहित आफ्नो वेबसाइटमा नयाँ सुविधा सुरु गरेको हो ।

नेप्सेले बिहीबारदेखि अड लट सेयर खरिद तथा बिक्री आदेशहरू मार्केट डेप्थमा देखिने व्यवस्था लागू गरेको छ । यसले लगानीकर्तालाई १० कित्ताभन्दा कम सेयर खरिद–बिक्री गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

यसबाट आफूसँग अड लट धितोपत्र हुँदा खरिद–बिक्री गर्न नपाएको भन्ने लगानीकर्ताको गुनासो सम्बोधन हुने विश्वास नेप्सेले लिएको छ।

धितोपत्र कारोबार विनियमावली, २०७५ मा अड लट कारोबार सम्बन्धी व्यवस्था छ।

अड लट भनेको के हो?

१० कित्ताभन्दा कम धितोपत्रलाई अड लट भनिन्छ । सामान्यतया, नियमित सेयर कारोबारमा कम्तीमा १० कित्ता किनबेच गर्नुपर्ने नियम रहे पनि अड लट कारोबार छुट्टै प्रक्रियाबाट सम्भव हुन्छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *