काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सहभागी कार्यक्रममा स्पेन गएका व्यक्तिहरू नफर्किएको पुष्टि भइसकेको बताएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै शाहीले भिजिट भिसाको नाममा विदेशिएको यो समूहको विषय गम्भीर भएको उल्लेख गर्दै त्यसको छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गरेका छन्।
उनले भने, ‘प्रधानमन्त्रीसँग नगएको भएपनि उहाँ गएको कार्यक्रममा गएकाहरू नफर्केको पुष्टि भइसकेको छ । यसको छानबिन गरौँ, संसदीय छानबिन समिति बनाउन यो सरकार किन डराएको ?’
उनले यस विषयमा गम्भीरता नदेखाउनु सरकारको लापरबाही र ढाकछोपको प्रयास भएको आरोप पनि लगाए ।
Artha Sanjal





