पार्टी एकता गर्ने माधव नेपाल र वामदेव गौतमबीच सहमति, साउन २ गते एकता घोषणा

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

अध्यक्ष नेपाल र गौतमले शुक्रबार पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा साउन २ गते एकता घोषणा गर्ने उल्लेख छ ।

सहमति पत्रमा नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरेको उल्लेख छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *