राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज(शुक्रबार) दिउँसो आगामी आर्थिक वर्षका लागि तयार भएको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले शुक्रबारको सञ्चालक समितिको बैठकबाट स्वीकृत गरेपछि मौद्रिक नीति सार्वजनिक गर्नेछ ।

१ बजेसम्ममा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्र बैंक स्राेतले बताएकाे छ । बैठक टुंगिएपछि आजै दिउँसो (एक, दुई बजे) मौद्रिक नीति सार्वजनिक गर्ने योजना रहेको जनाइएको छ ।

राष्ट्र बैंकको गभर्नर बनेका विश्व पौडेलको यो पहिलो मौद्रिक नीति हो । उनी गभर्नर नियुक्त हुँदै गर्दा नै सुस्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता जनाएका थिए । जसअनुसार वित्त नीतिसँग तारतम्य मिलाएर बजेटको लयमा ताल मिलाउने गरी मौद्रिक नीति उनले तयार गरेका हुन् ।

देशको अर्थतन्त्रलाई सुस्ततातर्फ धकेल्ने प्रमुख कारक मानिएको रियल स्टेट, पूँजीबजार, चालुपूँजी कर्जा लगायतका विषयहरुमा निकै नै सहज र खुकुलो नीति आउँदैछ । कतिपय पोलिसी दरहरु पनि परिवर्तन हुँदैछन् । समग्रमा बजारमा माग सिर्जना गरी ऋण प्रवाहको गतिलाई ह्वात्तै बढाउने, आर्थिक चहलपहलमा टेवा दिने उद्देश्यले मौद्रिक नीति तयार भएको र सोहीअनुसारका नयाँ व्यवस्थासहितका महत्वपूर्ण घोषणा हुन लागेका केन्द्रीय बैंक स्रोतले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *