काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले असार १३ गतेदेखि निष्काशनमा ल्याइएको सामूहिक लगानी कोष ‘सिटिजन्स सदाबहार योजना’को इकाई खरिदका लागि आवेदन दिन आज अन्तिम दिन हो।
यो योजना सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी प्रकृतिको लगानी योजना हो, जसको कुल आकार ५० करोड रुपैयाँ बराबर रहेको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५ करोड इकाई बिक्रीमा ल्याएको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले लिएको छ ।
Artha Sanjal






