नेपाल आयल निगमको आज विशेष साधारण सभा बस्दै

काठमाडौं । नेपाल आयल निगमको विशेष साधारण सभा आज (असार २७ गते) बस्दैछ । निगमको गत असार ९ गते बसेको सञ्चालक समिति बैठकले आज विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो । सभा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सभाकक्ष सिंहदरबार काठमाडौंमा अपरान्ह १ बजेबाट सुरु हुनेछ ।

निगमको विशेष साधारण सभाले निगमको प्रबन्धपत्र तथा नियमावलीको संशोधन कम्पनी ऐन २०६३ को स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *