चालु आर्थिक बर्षको ११ महिनामा विदेशी मुद्रा सञ्चिति ५ खर्ब ५२ अर्बले बढ्यो

काठमाडौँ। चालु आर्थिक वर्षको ११ महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति थप ५ खर्ब २८ अर्ब २९ करोडले बढेको छ ।

 

जसअनुसार जेठ मसान्तमा २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ । गत असारको तुलनामा यो २५.९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको थियो । २०८२ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ जेठ मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ को एघार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *