प्रभु महालक्ष्मी लाइफको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफको गत जेठ २६ गते सम्पन्न आठौं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ।

सभाले शेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश पारित गरेको थियो।

साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले जेठ १६ गते एक दिन बुक क्लोज गरेकाले जेठ १४ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरूले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन्।

साथै,जेठ १५ गतेसम्म कम्पनीको शेयर धितो राखेर ऋण लिएका शेयरधनीको हकमा भने ऋण दिने बैंक तथा वित्तीय संस्थाको नाममा बोनस शेयर रोक्का राखिएको जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *