प्रि ओपन सेसनमा नेप्से सूचक ४.४९ अंकले घट्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.४९ विन्दुले घटेको छ । यससँगै सूचक २६७९.३७ अंकमा आएको छ । ४ करोड ८२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३७ कम्पनीको ८३ हजार ९९३ कित्ता सेयर कारोबार भएको छ । कुल ८६ वटा कारोबार भएको छ । यो सेसनमा १३ कम्पनीको मूल्य बढेको छ भने २३ वटाको मूल्य घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *