रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलिङ पिरियडमा भएको गलत कार्यको जिम्मेवारी लिन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई आग्रह गरेको छ ।

रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाको राजीनामा नै मागेका छन् ।

राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती बिधेयकमा, तपाईले संघीय सदनको रोस्टमबाट टेब्ल गरेको भन्दा फरक कुरा कसरी आयो ?’ प्रवक्ता झा को सुझाव छ, ‘की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस् ।’

झाले विधेयक नपढी पारित गर्ने सांसदहरूलाई पनि कटाक्ष गरेका छन्। उनले लेखेका छन्, “र, पढ्दै नपढेर ‘हुन्छ’ ‘हुँदैन’ भन्नेहरूलाई ‘कुरी कुरी’।”

रास्वपाले उठाएको प्रश्नपछि संसद र समितिमा विधेयक निर्माण प्रक्रियामा देखिएको असमञ्जस्य फेरि एकपटक बहसको विषय बनेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *