काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं वार्षिक साधारणसभा बोलाएको छ। सभा असार ३० गते पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा मध्यान्ह साढे १२ बजेदेखि सुरु हुनेछ।
सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न र आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने मुख्छ एजेन्डा तय गरेको छ। साथै गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखा।परीक्षकको प्रतिवेदन लगायत अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि लागि तय गरिएका छन्।
यस कम्पनीले साधारणसभाका लागि लाभांश सम्बन्धी कुनै एजेन्डा तय गरेको छैन। तसर्थ लघुवित्तका लागनीकर्ताको हात यो बर्ष पनि रित्तै हुनेछ।
सभा प्रयोजनार्थ कम्पनीले असार १६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय पनि गरेकोले असार १५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यस कम्पनीको शेयर खरीद गरेका शेयरधनी मात्रै उक्त साधारणसभामा भाग लिन पाउनेछन्।






