कर्जाको मागमा सामान्य सुधार, निजी क्षेत्रको माग ७.३ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जामा सुधार देखिएको छ। नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा बैंकहरुले ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

वैशाख महिनामा वाणिज्य बैंकहरुको कर्जा विस्तार ४ अर्बले घटेर ४९ खर्ब ११ अर्बमा सिमित रहेकोमा जेठ महिनाको अन्त्यसम्ममा कर्जा प्रवाह बढेर ४९ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। जेठ महिनामात्रै ३६ अर्ब कर्जा प्रवाह भएको छ, जुन कर्जामा सुधार भएको संकेतक रुपमा हेरिएको छ।

चालु आर्थिक वर्षमा पुस महिनामा सबैभन्दा धेरै ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो। तर चैतमा कर्जा प्रवाह घटेर ६५ अर्बमा झरेको थियो। त्यस्तै वैशाखमा ४ अर्बले घटेको थियो।

यता राष्ट्र बैंकको तथ्यांकअनुसार निजी क्षेत्रमा गरिएको कर्जा प्रवाह चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा ७.३ प्रतिशतले बढेको छ। त्यसमध्ये निर्माण क्षेत्रमा सबैभन्दा बढी छ। यस अवधिमा निर्माण क्षेत्रमा मात्र १२.३ प्रतिशतको कर्जा विस्तार भएको छ। जसअनुसार वैशाख मसान्तसम्म निर्माण क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ३३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।

आर्थिक बर्ष २०७८/७९ को तुलनामा २०८१ असारदेखि २०८२ जेठसम्ममा वाणिज्य बैंकहरूले कुल ३ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *