एजेन्सी। इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई सकेसम्म चाँडो इजरायल छोड्न आग्रह गरेको छ। इजरायली हवाई क्षेत्र बन्द भएकाले सुरक्षा सुनिश्चित गर्दै चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई सीमा नाकाबाट इजरायल छोड्न र सुरक्षित स्थानमा स्थानान्तरण हुन अपील गरेको हो।
दूतावाद्वारा जारी गरिएको सूचनामा चिनियाँ दूतावासले चीनका जनतालाई जोर्डनहुँदै देश छोड्न अपील गरेको छ। इजरायल-इरान द्वन्द्व बढ्दै गएको,नागरिक सुविधाहरूमा क्षति पुर्याउने र नागरिक हताहतको संख्या बढ्दै गएको उल्लेख गरिएको छ।
चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार दूतावासले सम्बन्धित इजरायली सरकारी विभागहरूले जोर्डन र इजिप्टसँगको इजरायलको सिमाना खुला राख्ने बताएका छन् ।
इजरायल-इरान द्वन्द्व चर्किदै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानलाई तुरून्तै खाली गर्न निर्देशन दिएका छन्। इरानको आणविक तथा सैन्य संरचनालाई कमजोर बनाउने उद्देश्यले इजरायलले गरेको ठूलो आक्रमणपछि इजरायल र इरानबीच लगातार भीषण हवाई आक्रमण भइरहेका छन्।






