गण्डकी प्रदेशमै सवारी चालक अनुमति पत्र छपाइ हुने

पोखरा । गण्डकी प्रदेश सरकारले अब प्रदेशमै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ गर्ने भएको छ।

लाइसेन्स छपाई गर्न आगामी आर्थिक वर्षका लागि सरकारले आगामी १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

गण्डकीको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री टकराज गुरुङले यातायात क्षेत्र सुधारका लागि अधिकतम् प्रविधिको प्रयोग गर्ने बजेटमार्फत बताए ।

सवारी साधन करलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न व्यवस्था मिलाउनका लागि आवश्यक विनियोजन गरिएको अर्थमन्त्री टकराजको भनाइ छ ।

स्वदेशी एपलाई प्राथमिकता दिइए यात्रुलाई सुरक्षाको प्रत्याभूति गर्न राइड सेयरिङ र सेल्फ ड्राइभिङलाई प्रभावकारी रुपमा नियमन र व्यवस्थापन गरिने बजेटमा उल्लेख छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *