काठमाडौं । नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जी लिमिटेडलाई १८ लाख ९० हजार ५३० कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ करोड ९० लाख रुपैयाँ बराबरको सेयर सार्वजनिक गर्नेछ।
यसमा लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । माबिलुङ इनर्जीले जारी पुँजीको ४८.९९९८ प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।
Artha Sanjal






