काठमाडाैं । चीनको प्रसिद्ध इलेक्ट्रिक गाडी निर्माता कम्पनी XPENG ले हालै सार्वजनिक गरेको नयाँ इलेक्ट्रिक SUV—G7 ले विश्व EV बजारमा नयाँ कीर्तिमान कायम गरेको छ। २०२५ जुन ११ मा चीनमा सार्वजनिक भएको यो गाडीले केवल ४६ मिनेटभित्रै १०,००० भन्दा बढी प्रि-अर्डर प्राप्त गर्दै EV क्षेत्रमै तहल्का मच्चाएको हो।
यसले उपभोक्तामा XPENG को प्रविधिमा आधारित विश्वास र आकर्षण स्पष्ट रूपमा देखाएको छ। G7 मा XPENG द्वारा विकास गरिएको अत्याधुनिक ‘Turing AI chip’, Huawei सँगको सहकार्यमा निर्मित ८७ इन्चको AR-HUD डिस्प्ले, उच्चस्तरीय स्वचालित ड्राइभिङ सिस्टम, र 5C अल्ट्रा-फास्ट चार्जिङ सुविधा उपलब्ध छन्।
यो गाडीको एक विशेषता भनेको ७०० किलोमिटरको अधिकतम ड्राइभिङ रेञ्ज हो, जसले यसलाई आधुनिक, स्मार्ट र दिगो मोबिलिटीको प्रतीक बनाएको छ। ७०० किलोमिटरसम्मको अधिकतम रेञ्जले G7 लाई इन्टेलिजेन्ट मोबिलिटीको नयाँ मापदण्डको रूपमा आफूलाई स्थापित गरेको हाे। G7 ले अन्तर्राष्ट्रिय बजारमा चर्चा बटुलिरहेको छ । यधपी CG Motors ले Xpeng को AI Mobility को भिजनलाई नेपालमा G6 को माध्यमबाट पहिले नै भित्र्याइसकेको छ।
G6 मा OTA अपडेट, XOS अपरेटिङ सिस्टम, ८००V चार्जिङ, SEPA 2.0 आर्किटेक्चर जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन्, जसले नेपाली सडकमा EV को अनुभवलाई अझ स्मार्ट र इन्टेलिजेन्ट बनाउँछ। स्मार्ट, सुरक्षित र प्रविधिमैत्री इलेक्ट्रिक ड्राइभिङ अनुभवका लागि Xpeng को विश्वव्यापी प्रगति र “AI Mobility को भविष्य नेतृत्व गर्ने” प्रतिबद्धता अब नेपालमा साकार हुँदैछ ।






