सेयर बजारमा झिनो अंकको बृद्धि, ११ अर्ब ४४ करोड करोडको कारोबार

काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । आज सेयर बजार नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ को विन्दुमा बन्द भएको छ ।

आज ३०८ कम्पनीको सेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड माथिको सेयर कारोबार भएको छ । आज ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनकिो सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८९ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ८७ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ६४ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पियोर इनर्जी र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावरका लगानीकर्ताले ९.८४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.४३ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *