अक्षय कोषको रकम मुद्दती खातामा लगानी गर्दै धितोपत्र बोर्ड

काठमाडाैं। नेपाल धितोपत्र बोर्डले आफ्नो अक्षय कोषमा रहेको रकमलाई मुद्दती खातामा लगानी गर्न इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकहरूबाट सिलबन्दी प्रस्ताव आह्वान गरेको छ। धितोपत्र बोर्डले “नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति, २०६७” अन्तर्गत रहँदै मुद्दती खातामा लगानी गर्नुपर्ने व्यवस्था अनुसार उक्त प्रस्ताव आह्वान गरेको हो। प्रस्ताव बुझाउने अन्तिम म्याद २०७८ असार ५ गते कार्यालय समयभन्दा एक घण्टा अगाडि तोकिएको छ।

इच्छुक बैंकहरूले १ वर्षे मुद्दती खाताको ब्याजदर उल्लेख गरी आवश्यक कागजात सहित प्रस्ताव बुझाउनु पर्नेछ। प्राप्त सिलबन्दी प्रस्तावहरू सोही दिन अपरान्ह ५ः०५ बजे, बोर्डको कार्यालय, खुमलटार, ललितपुरमा खोलिने बताइएको छ।

धितोपत्र बोर्डले लगानीसम्बन्धी अन्तिम निर्णय आफ्नो अधिकार क्षेत्रभित्र रहने स्पष्ट पारेको छ। प्रस्ताव फाराम तथा नीति सम्बन्धी सम्पूर्ण विवरण बोर्डको वेबसाइट www.sebon.gov.np मा उपलब्ध रहेको छ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *