काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बल्ल दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५३ करोड २६ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५७ प्रतिशत बढेको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा यस्तो नाफा ३३ करोड ७७ लाख रुपैयाँ थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ९७ पैसा छ । खुद प्रिमियम आम्दानी बढ्दा कम्पनीको नाफा बढेको हो । खुद प्रिमियम आम्दानी पहिले ३ अर्ब ३ करोड रुपैयाँ रहेकोमा अहिले ४ अर्ब रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ९६ पैसा छ । बुधबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता १ हजार २४७ रुपैयाँ छ ।
Artha Sanjal






