काठमाडौंमा जारी निषेधाज्ञाविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत आइतबार जारी गरेको निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

संयुक्त जनआन्दोलन समितिका तर्फका प्रवक्ता स्वागत नेपाल (भद्रप्रसाद नेपाल)को तर्फबाट रिट दायर गर्न खोजिएकोमा सर्वोच्चले हिजो अस्वीकार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत आइतबार सूचना जारी गर्दै काठमाडौंका कोटेश्वर, बल्खु र चाबहिल (सिफल चौर) बाहेक कतै पनि ५ जनाभन्दा बढी भेला हुन नपाउन गरी निषेधाज्ञा जारी गरेको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *