राष्ट्र बैङ्ककाे १८ औँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त

काठमाडाैं। नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा  डा. विश्व पौडेल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो। गभर्नर छनोट सिफारिस समितिले पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो। चैत २३ गतेदेखि रिक्त रहेको गभर्नर पदमा उनको नियुक्ति भएको हो।

प्रधानमन्त्री र कांग्रेस सभापतिबीच पौडेललाई गभर्नर बनाउने सहमति भएको थियो। अन्य उम्मेदवारमा सहमति नजुटेपछि पौडेललाई वैकल्पिक रूपमा अघि सारिएको थियो । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्र बैङ्कमा डेढ महिनापछि गभर्नर पद रिक्त छ । चैत २३ गते महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो। प्रधानमन्त्री र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाबिच पौडेललाई गभर्नरको रूपमा नियुक्त गर्ने सहमति भएको थियो ।

यस  बिचमा गभर्नरको सम्भावित उम्मेदवारहरूमा एक दर्जन बढीको नाम चर्चामा रहेपनि सहमति जुट्न नसकेपछि देउवाले सिफारिस समितिमा रहेका पौडेललाई वैकल्पिक उम्मेदवारको रूपमा अघि सारेका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *