गभर्नरमा विश्व पौडेलसहित तीन जनाको नाम सिफारिश

काठमाडाैं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिश समितिले तीन जनाको नाम सिफारिश गरेको छ। मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।

जसमध्ये पहिलो नम्बरमा विश्व पौडेलको नाम छ । यस्तै दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *