नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ९ जना संस्थापक शेयरधनीहरूको २ लाख २३ हजार २९९ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ।

उक्त संस्थाप शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको शेयर संख्या र सोको रकम समेत खुलाएर काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र बैंकका संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणका लागि बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *