विचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छः वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफूहरुले कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरी बिचौलियाको आरोप नलगाएको बताएका छन् ।

राजधानीमा बिहीबार आयोजित पूर्वबजेट छलफल कार्यक्रममा पुनले बिचौलिया व्यक्तिभन्दा प्रवृत्ति भएको बताए । राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर अर्थतन्त्रमा एकाधिकार र मिलेमतो गर्ने आसेपासे प्रवृत्तिलाई आफूहरुले बिचौलिया भन्दै आएको उनको भनाइ थियो ।

पुनले बिना लगानी अर्थोपार्जन गर्नेहरु बिचौलिया भएको स्पष्ट गर्दै लगानी गरेर व्यवसाय गर्नेहरुले व्यवसायीलाई नै बिचौलिया आरोपित गरिएको अर्थमा नबुझ्न आग्रह गरे । बिचौलिया प्रवृत्ति रोक्न नसके मुलुकले आर्थिक रुपमा अझै नराम्रो अवस्थाको सामना गर्नुपर्नेमा पुनले जोड दिए ।

‘हामीले बिना लगानी राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर फाइदा लिने प्रवृत्तिलाई बिचौलिया भनेका हौं’ पुनले भने, ‘कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरेका होइनौं । यो प्रवृत्ति परिवर्तन नगरेसम्म आर्थिक सुधार सम्भव छैन ।’

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *