राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुग्दासम्म नरोकिने : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनर्स्थापनाको आन्दोलन अन्तिम निष्कर्षमा नपुग्दासम्म नरोकिने घोषणा गरेका छन्।

बिहीबार राजधानीमा राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिले जेठ १५ गतेबाट जनआन्दोलन घोषणा गरेको छ ।

उक्त घोषणालगत्तै सम्बोधन गर्ने क्रममा लिङ्देनले भनेका छन्, ‘हामीले हाम्रो आन्दोलन भनौंला, यो सिंगो देशवासीको आन्दोलन हो । यो आन्दोलन निष्कर्षमा नपुगि हामी छुट्ने छैनौं ।’

उनले यो आन्दोलन कुनै पार्टी वा समूहको स्वार्थ पूरा गर्न नभई देशको भविष्य बनाउने उद्देश्यले सुरु गरिएको स्पष्ट पारे। ‘यो आन्दोलन कुनै व्यक्तिको राजनीतिक अभिष्ट पूरा गर्न होइन, देशको भविष्य निर्माणका लागि हो,’ लिङ्देनले जोड दिए।

अध्यक्ष लिङ्देनले गणतन्त्र पक्षधरहरूलाई समेत आफ्नो आन्दोलनमा सहभागी हुन आग्रह गर्दै भने, ‘०६२/०६३ को परिवर्तनलाई परिवर्तन मानेका, अहिलेको कठित गणतन्त्रको पक्षमा रहेका सबैलाई पनि हामी हाम्रो ध्रुवीकरणमा सामेल हुन आग्रह गर्छौं।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *