ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुलालाई घर हस्तान्तरण

काठमाडौं । “मेरो डिजिटल देश” अभियान अन्तर्गत, ईसेवा मनि ट्रान्सफरले भाग्यशाली विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरेको छ ।

ईसेवा मनि ट्रान्सफरले नोभेम्बर २८, २०२४ मा कान्तिपुर टेलिभिजन, ईसेवा मनि ट्रान्सफर र इसेवाका आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारित डिजिटल गोलाप्रथाको माध्यमबाट “मेरो डिजिटल देश” अभियानको विजेता घोषणा गरेको थियो ।

जस अन्तर्गत, रोमानियामा विगत दुई वर्षदेखि पिज्जा बनाउने कम्पनीमा कार्यरत अन्जुला घिमिरे भाग्यशाली विजेता बन्न सफल भएकी थिइन् ।

ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विजेता अन्जुला घिमिरे र उनको परिवारलाई सपनाको घर जितेको अवसरमा बधाई दिँदै विश्वभर रहेका नेपालीहरूको उत्साहजनक सहभागिताप्रति प्रति आभार व्यक्त गरे ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *