कांग्रेसले भन्यो- ‘भाटभटेनी लुटपाटमा सहमहामन्त्रीका छोराको कुनै संलग्नता छैन’

काठमाडौं। नेपाली कांग्रेसले पार्टी सहमहामन्त्री महेन्द्र यादवका छोरा संलग्न रहेको भन्ने कुरा भ्रमपूर्ण रहेको भन्दै त्यसको खण्डन गरेको छ।

कांग्रेसले राप्रपाका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङदेनले चैत्र १५ गते तीनकुने घटनाका क्रममा भएको भाटभटेनी लुटपाटमा यादवका छोरा पनि संलग्नता रहेको भन्ने अभिव्यक्ति दिएको बताउँदै त्यसको खण्डन गरेको हो।

विज्ञप्तिमा भनिएको छ,’भाटभटेनी तोडफोड र लुटपाटमा एक जना सहमहामन्त्रीका छोरा पक्राउ परेको र गृहमन्त्रीको आदेशले उनललाई छाएको भनी दिएको लिङदेनको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। नागरिकलाई लगाइएको दोषको घोर भत्सना गर्दछौं।’

महेन्द्र  यादवका छोरा विकास यादवले सामाजिक सञ्जालमार्फत आफूहरूमाथि गम्भीर आरोप लगाइएको भन्दै सो को खण्डन गरेका छन् भने  प्रहरीले पनि उक्त कार्यमा यादवका छोरको कुनै संलग्नता नरहेको बताएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *