वार्ताका लागि शिक्षक नेताहरू सिंहदरबारमा

काठमाडौं । सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका छन् ।

शिक्षामन्त्री रघुजी पन्त र मन्त्रालयले दिउँसो वार्ताका लागि गरेको आव्हान गरको थियो ।

उक्त आव्हानपछि शिक्षक नेताहरू अहिले सिंहदरबार पसेका छन् । महासंघका महासचिव तुलाबहादुर थापाले आफूहरू अहिले गेट पासका लागि कागजपत्र तयार गरिरहेको बताए ।

हिजोमात्र सर्वोच्च अदालतले शिक्षकको माग तीन ३ भित्र सम्बोधन गर्ने गरी आवश्यक वातावरणका लागि आदेश दिएको छ ।

गत चैत २० गतेदेखि शिक्षकहरू आन्दोलन गर्दै आएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *