काठमाडौँ । नेपाल शिक्षक महासंघका पदाधिकारीहरू शिक्षामन्त्रीसँग भेट गर्न सिंहदरबार पुगे पनि मन्त्रालय प्रवेश नगरी नै फर्किएका छन् । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विशेष कारणले उनीहरू मन्त्रालय प्रवेश नगरी फर्किएको बताएका हुन् ।
उनीहरू नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई बधाई दिन औपचारिक रूपमा भेट्न गएका थिए । ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ, तर विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको पनि बताए ।
Artha Sanjal






