काठमाडौँ । विगत ४ दिनदेखि ओरालो यात्रा लागेको शेयर बजारमा आज सामान्य सुधार आएको छ । बजारमा सुधार आएसँगै आज ८३ वटा कम्पनीको शेयर मूल्य बढेको छ।
आज नेप्से ३ अकंले बढेर २६५८.९४ बिन्दुमा बन्द भएको छ । आज ३०८ कम्पनीको १ करोड ९७ लाख ५४ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज नेपाल माइक्रा र क्रेष्ट माइक्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै आज महिला लघुवित्तको ७.२० प्रतिशत र न्यादी ग्रुपको ७.१० प्रतिशतले शेयर मूल्य बढेको छ ।

Artha Sanjal






