दराज नेपालद्वारा नयाँ अप्शन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी

काठमाडाैं। नेपालको अग्रणी अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ‘च्वाइस’ नामक नयाँ सेवा सार्वजनिक गर्ने घोषणा गरेको छ । यस सुविधामार्फत उपभोक्ताहरूले उत्कृष्ट मूल्यमा उत्पादक स्रोतबाट सिधै छानिएका एक हजारभन्दा बढी टप–रेटेड उत्पादनहरू खरिद गर्न सक्नेछन्।

दराजका अनुसार ‘च्वाइस’ ले प्रयोगकर्तालाई एकै कार्ट तथा एकै वेयरहाउस प्रणालीमार्फत किनमेल गर्ने सुविधा प्रदान गर्नेछ, जसले गर्दा सामानहरू १ देखि ३ दिनभित्रमा द्रुत डेलिभरी हुनेछन्। तीन वा सोभन्दा बढी उत्पादन खरिद गर्दा फ्रि डेलिभरी तथा चार वा सोभन्दा बढी सामानमा स्टक उपलब्धताअनुसार फ्रि गिफ्टको पनि व्यवस्था गरिएको छ। साथै, १४ दिनसम्मको बिना झन्झट फिर्ता नीतिको सुविधा पनि उपलब्ध हुने दराजले जनाएको छ।

‘च्वाइस’ सेवा दराजको आगामी ‘पे डे सेल’ (अप्रिल २५–२९) सँगै सुरु गरिनेछ। यसमार्फत ग्राहकहरूले ग्रोसरी, हाउसहोल्ड, पर्सनल केयर, मदर एण्ड बेबी, हेल्थ एण्ड ब्यूटी लगायतका कोटामा युनिलिवर, डाबर, गोद्रेज, ब्रिटान्निया लगायतका ट्रस्टेड ब्रान्डका वस्तुहरू खरिद गर्न सक्नेछन्।

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले ग्राहकको बदलिँदो अपेक्षालाई ध्यानमा राख्दै नयाँ अप्शन सुरु गरिएको जानकारी दिँदै यसले दराजको ब्रान्ड विश्वसनीयता अझ बलियो बनाउने बताए। दराज ग्लोबल ‘च्वाइस’ प्रमुख जिआंग हान एडेलाले च्वाइसले ग्राहक अनुभवलाई समृद्ध बनाउने विश्वास व्यक्त गरे।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *