काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
बिहीबारको बहसमा बालकृष्ण न्यौपानेले नीतिगत निर्णयमा मुद्दा नचलाउने अख्तियारको निर्णयविरुद्ध आफूले दायर गरेको रिट र अख्तियारले पुनरावेदन गरेको मुद्दा लगाउमा राखी हेर्न माग गरेका थिए ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अख्तियारको पुनरावेदनमा धेरै प्रतिवादी भएकाले ती सबै यता आएर मिसिएपछि हेर्न मिल्ने कि नमिल्ने भन्ने पनि हेर्नपर्ने बताएका थिए ।
अध्ययन आवश्यक रहेको प्रधानन्यायाधीश राउतको भनाइसँगै आजका लागि बहस टुंगिएर उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।







