विन नेपाल लघुवित्तको एफपीओ आइतबार बाँडफाँट हुने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) आउँदो आइतबार बाँडफाँट गरिने भएको छ ।

धितोपत्र बिक्री प्रबन्ध नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट हुनेछ । एफपीओ बाँडफाँट कार्यक्रममा बिहान ८ बजे राखिएको नेपाल एसबीआई मर्चेन्टले जनाएकाे छ ।

विन नेपाल लघुवित्तले गत चैत २१ गतेदेखि चैत २६ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो । संस्थाले १०० रुपैयाँ अंकितदरका कुल ५१ हजार २९२.५ कित्ता शेयर जारी गरेको थियो ।
सीडीएससीको अन्तिम दिनको तथ्यांकअनुसार यो एफपीओमा १९ लाख ७४ हजार ७०९ आवेदकबाट कुल २ करोड ३३ लाख ८४ हजार ५२० कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन् ।

हाल विन नेपाल लघुवित्तको चुक्तापुँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *