काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। राजसंस्था पुन:स्थापनाको र आफ्ना नेताहरूको रिहाइको माग गर्दै राप्रपाले यो प्रदर्शन गर्न लागेको हो।
आज बसेको कार्यसम्पादन समिति बैठकले यो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए। उनले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने समेत बताए।







