सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर: देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’ सञ्चालनमा

काठमाडौं । देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवस र सिर्जनाको उद्देश्यले सिप्रदीयन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौं किकर्सको सहकार्यमा निःशुल्क ‘फुटबल फर फ्युचर : देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’ सञ्चालनमा ल्याएको छ ।

कार्यक्रमको पहिलो चरण धरानबाट सुरु गरिएको थियो, जहाँ ८४ जना स्थानीय समुदायका बालिकाहरूले उत्साहसाथ सहभागिता जनाए भने जनकनन्दनीमा भएको प्रशिक्षण शिविरमा ९० भन्दा बढीको सहभागिता थियो ।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु दाहालले हरेक बालिकाले आफ्नो क्षमतामा विश्वास गरुन्, अवसर खोजुन्, र आफ्नो समुदायमा परिवर्तन ल्याउन सकुन् भन्ने उद्देश्य रहेको बताए ।

सिप्रदीकाअनुसार धरान र जनकपुरपछि ‘फुटबल फर फ्युचर : देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’ अब पोखरामा हुन लागिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *