काठमाडौं । आज सेयर बजार घटेको छ । आज सेयर बजार नेप्से परिसूचक ८.८४ अंकले घटेर २६६१.८६ को विन्दुमा कायम भएको छ ।
आज ३२२ कम्पनीको सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड माथिको सेयर कारोबार भएको छ ।आज ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ४४ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राद्यी विद्युत कम्पनीको ४३ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले ५.७८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।







