आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि सरकार गम्भीर बन्नुपर्छ : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि सरकार गम्भीर बन्नु पर्ने बताएका छन् ।

नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुखसमेत रहेका महरलाई ध्यानाकर्षण गर्न सचिवालय पुगेका नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरूसँग कुरा गर्दै उनले भने, ‘देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू लामो समयदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । विगतको सरकारसँगको सहमति कार्यान्वयनका लागि सरकार खासै संवेदनशील देखिएन ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *