आठ महिनामा विकास बैंकहरुले कमाए ४ अर्ब १८ करोड नाफा, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनासम्म विकास बैंकहरुले ४ अर्ब १८ करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ वटा विकास बैंकहरुले कमाएको नाफा गत वर्षको तुलनामा २४.०१ प्रतिशत धेरै हो । गत वर्षको फागुनमा विकास बैंकहरुले ३ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ खुदा नाफा आर्जन गरेका थिए ।

यसअवधिसम्म आइपुग्दा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक अगाडि देखिएको छ । यसले ८ महिनामा ८३ करोड ४८ लाख, मुक्तिनाथ विकास बैंकले ७८ करोड ७८ लाख र शाइन रेसुंगाले ५६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी फागुनसम्म कामना सेवाले ५० करोड ११ लाख रुपैयाँ, महालक्ष्मीले ४२ करोड १५ लाख रुपैयाँ, सांग्रिलाले ४० करोड ६६ लाख रुपैयाँ, ज्योतिले ३६ करोड १ लाख रुपैयाँ र लुम्बिनीले ३१ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *