नयाँ बर्षमा एलिका ब्रान्डका उत्पादनमा अफर

काठमाडाैं । नयाँवर्ष २०८२ को अवसरमा, सिजी इलेकट्रोनिक्स अन्तर्गत एलिका ब्रान्डले “नयाँ बर्षमा एलिका ब्रान्डका उत्पादनहरूमा लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स”नामक विशेष अभियानको शुभारम्भ गरेको छ। यस अभियानमार्फत ग्राहकहरूले एलिका ब्रान्डका अत्याधुनिक किचन उपकरणहरूमा विशेष छुट र उपहारहरू प्राप्त गर्ने अवसर पाउनेछन्।

उक्त अभियानको उद्देश्य ग्राहकहरूको खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो बनाउनु हो। एलिका का उत्पादनहरू नवीनतम प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत, उत्कृष्ट प्रदर्शन र दीर्घकालीन टिकाउपनको सुनिश्चितता प्रदान गर्छन्।

यस अभियान अन्तर्गत, ग्राहकहरूले एलिका का किचन उपकरणहरू जस्तै कुकटपरहब, कुकिङ रेन्ज, बिल्ट-इन ओभनरमाइक्रोवेभ, र चिम्नी खरिद गर्दा निःशुल्क सिजि इलेक्ट्रिक किट्लि प्राप्त गर्न सक्नेछन्। यो अफरले ग्राहकहरूको नयाँ वर्षलाई अझ उपयोगी र आनन्ददायी बनाउनेछ।

ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले १५ वर्षको वारेन्टी, निःशुल्क डेलिभरी, ० प्रतिशत इएमआइ र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ। साथै, पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने सुविधा पनि प्रदान गरिएको छ।

सिजी इलेकट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो, जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। एलिका जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रतिनिधित्व गर्दै, सिजी इलेकट्रोनिक्सले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सदैव तत्पर रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *