बजेट तयारीबारे प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओ‌लीले आज आगामी आर्थिक वर्षको बजेट तयारीबारे मन्त्री र सचिवसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो सवा २ बजे सबै मन्त्री र सचिवसँग छलफल गर्ने लागेका हुन् ।

मन्त्रीहरुले आगामी बजेटको बारेमा सरोकारवाला निकायसँग छलफल गरिरहेका छन् ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट लेख्ने कामका लागि बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरिसकेको छ । सदस्यहरूमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *