काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ को विन्दुमा बन्द भएको छ ।
आज ३४२ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड माथिको शेयर कारोबार भएको छ । आज २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ३० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १८ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.०१ प्रतिशतका दरले कमाएका हुन् । सुपर खुदीका लगानीकर्ताले ८.३२ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोलाका लगानीकर्ताले ५.३८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बुङगल हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १०.३२ प्रतिशतका दरले गुमाएका हुन् ।






