विन नेपाल लघुवित्तको एफपीओमा २ अर्ब ९१ लाख २५ हजार रुपैयाँ बराबरको आवेदन

काठमाडौं । विन नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा २ अर्ब ९१ लाख २५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सोमबार (चैत २५ गते) साँझ ५ः०७ बजेसम्ममा १६ लाख ९३ हजार ८५९ जना सर्वसाधारण आवेदकहरुले २ करोड ९१ हजार २५० कित्ताका लागि आवेदन दिएका छन्। यो आवेदन मागभन्दा ३९१.७० गुणा बढी रहेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ।

कम्पनीले बिहीबार (चैत २१ गते) देखि ५१ लाख २९ हजार २०० रुपैयाँ बराबरको एफपीओ बिक्री खुला गरेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको हो । यसमा मंगलबार (चैत २६ गते) सम्म आवेदन दिन सकिनेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *