नविल बैंकको कार्ड सेवाहरू अवरुद्ध हुने, यस्तो छ कारण

काठमाडौं। नविल बैंकको कार्ड स्वीच प्रणाली मर्मत हुने भएपछि बैंकका कार्ड सेवाहरू अवरुद्ध हुने भएका छन् । बैंकले सोमबार एक सूचना जारी गर्दै सेवा अवरुद्ध हुने विषयमा जानकारी गराएको हो ।

बैंकका अनुसार भोलि (मङ्गलवार) बिहान ५० मिनेट (सुरु हुने समय बिहान ५:४५,अन्त्य हुने समय ६:३५) सम्म बैंकको कार्ड स्वीच प्रणाली मर्मत हुने भएको हो ।

केही समय सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्ने असुविधाप्रति बैंकले क्षमा समेत मागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *